Sep 17 2024 | २०८१, असोज १ गते

निर्माण व्यवसायिको लापरबाहिका कारण यात्रुलाई सास्ती

निर्माण व्यवसायिको लापरबाहिका कारण यात्रुलाई सास्ती

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • निर्माण व्यवसायिको लापरबाहिका कारण यात्रुलाई सास्ती

    रामेछाप । सडक सुधारको जिम्मा लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा यस सडक मार्गबाट यात्रा गर्ने यात्रुहरुले सास्ती खेपिरहेका छन् । रामेछापकको सेलेघाट– रामेछाप–साँघुटार सडकखण्डको निर्माणको जिम्मा पाएको कम्पनीले काममा ढिलासुस्ती गर्दा यात्रुहरुले हैरानी खेप्नु परेको हो । सडक विस्तारका नाममा जताततै सडक अव्यवस्थित बनाएर छाडेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने भएकाले यात्री हैरनी भोग्न बाध्य भएका छन् । 

    images
    images

    कालोपत्रको जिम्मा लिएको भारतीय निर्माण कम्पनी टिसीआइएलले काममा ढिलासुस्ती गर्दा काम सम्पन्न हुन सकेको छैन । कम्पनीले तीन वर्षदेखि जिम्मेवारी लिए पनि हालसम्म काम पूरा भएको छैन । रामेछाप मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्मको करिब ५० किलोमिटर सडक हालसम्म मर्मत हुन सकेको छैन । जसले गर्दा यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् । 

    सडक बिग्रिएकाले वर्षादको समयमा सवारीसाधन, पैदलयात्रीलाई  र सडक छेउका सर्वसाधारणलाई सास्ती भएको सेतीदेबीमावि सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए । यो समस्याका बारेमा आफूहरुले सरोकारवाला पक्षसँग पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । सडक मर्मत नहुँदा शिक्षक र विद्यार्थीलाई पनि सास्ती भएको उनले बताए । सडक निर्माण नहुँदा स्थानीय जनप्रतिनिधि पनि रुष्ट छन् । 

    रामेछाप नगरपालिका–७ का वडाध्यक्ष समिर कार्कीको संयोजनमा केही दिनअघि सुकाजोर ७ नं वडामा बसेको बैठकमा सहभागी जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले पनि ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । 

    सडक विस्तारका नाममा जथाभावी भत्काएर छाडेकाले सालुदेखि साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक विभिन्न ठाउँमा पहिरो जाने, भासिने साथै दजनौंँ खाल्डाका कारण यातायात सञ्चालनमासमेत निकै कठिनाइ भएको सुमो चालक जीवन माझीले बताए, । सडकमा देखिएको अस्तव्यस्तताका कारण विभिन्न बस्ती समेत जोखिममा परेको रामेछाप नगरपालिका–२ का वडाअध्यक्ष नीरकुमार श्रेष्ठले बताए ।

    मन्थली नगरपालिका अन्तर्गतको वडा नं ४ सालु खण्डको अवस्था पनि उत्तिकै दयनीय रहेको वडाअध्यक्ष राजन घिमिरेले बताए । उनका अनुसार आयोजनाको काम समयमै नहुने अवस्था अहिले पनि नदेखिएको उनको भनाइ छ । उनले जिम्मेवारी लिएका कम्पनीविरुद्ध संयुक्त विरोधमा जानुको विकल्प नरहेको बताए । आयोजनाका ठेकेदारले काम गर्दा नीति नियम भन्दामाथि रहेर अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको गुनासो पनि अध्यक्ष घिमिरेको रहेको छ ।

     रामेछाप बजारका सामाजिक अभियान्ता गौतमकुमार श्रेष्ठ सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था, नागरिकले पाएको हैरानी र सास्तीका बारेमा आफूहरुले नगरपालिकासँगसमेत समन्वय गरेर पटक–पटक अनुरोध गर्दा पनि काम अघि नब्ढ्नु दुःखद् भएको बताए ।
     
    सरोकारवालको गुनासोका सम्बन्धमा सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधि विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताए । सरोकारवालाबाट आएको गुनासा र सुझावलाई  माथिल्लो निकायका प्रमुख समक्ष आफुले प्रस्तुत गरेको र त्यसपछि तत्काल समाधानका लागि पहल गर्ने आश्वासन पाएको जानकारी दिए। आयोजनाको कामको ढिला सुस्तीका बारेमा निर्माण व्यवसायीको मुख्य व्यक्तिलाई खबर गरिएको  कुरा रामेछाप नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार