सारुक ताम्राकारको मृत्युबारे नायिका नम्रता श्रेष्ठले मुख खाेलिन्
सारुक ताम्राकारको मृत्युबारे नायिका नम्रता श्रेष्ठले मुख खाेलिन्
नायिका नम्रता श्रेष्ठले कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा केही मिडियाकर्मी, केही सिनेकर्मीलगायतले एकलौटी रूपमा कपोलकल्पित समाचारहरू आएको गुनासो गरेकी छन् ।
सारुकको मृत्युले सम्पूर्ण चलचित्र क्षेत्र दुःखी भएको भन्दै श्रेष्ठले सारुकलाई श्रद्धाञ्जली समेत दिएकी छन् । 'चलचित्र माया छायङ्कनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाई दुःखी तुल्याएको छ,' श्रेष्ठले सोमबार फेसबुकमा लेखेकी छन् ।
सारुकको मृत्यु भएको केही दिनपछि आफू बोल्न बाध्य भएको उल्लेख गर्दै श्रेष्ठले मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर आफू चुप बसेको उनको भनाइ छ ।
'यो घटना केही दिनपहिले घटेको हो, तर अहिले आएर सामाजिक सञ्जालमार्फत म केही बोल्न बाध्य भएँ,' श्रेष्ठले लेखेकी छन्, 'थुप्रै मिडयाहरूबाट कल आएको थियो । मेरो फोन मेरो दादासँग हुन्थ्यो । अहिले पनि मेरो परीवारले नै ह्यान्डल गर्नुहुन्छ । तर मिडया मा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन ।'