images

May 17 2024 | २०८१, जेठ ४ गते

अन्तत: महरा बाबु–छोरामाथि अनुसन्धान हुने

अन्तत: महरा बाबु–छोरामाथि अनुसन्धान हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • अन्तत: महरा बाबु–छोरामाथि अनुसन्धान हुने

    ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि अनुसन्धान गर्न प्रहरीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको  छ। 

    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणको अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनमा यो सुन ल्याउने चिनियाँ नागरिकसँग महरा बाबु–छोराले पटकपटक सम्पर्क गरेको खुलेको उल्लेख गरिएको छ । तर, उनीहरूसँग बयानसमेत लिइएको छैन । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि पनि अनुसन्धान गरी पुरक प्रतिवेदन ल्याउन निर्देशन दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले थप अनुसन्धान गरी प्रतिवेदन दिन सीआईबीलाई भनेको बताए । उनले शिलापत्रसँग भने, ‘अनुसन्धानको बाटो खुला राखेका छौं । सीआईबीबाट थप कुरा आएको छैन ।

    महराका बाबु–छोराको यो प्रकरणमा संलग्नता रहेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठिरहेको छ । यो विषयमा संसदमा मात्र नभएर सत्तारुढ पार्टी माओवादी केन्द्रमा पनि उठिरहेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा गलत भए नेताहरूमाथि पनि अनुसन्धान हुने बताएका थिए । तर, पनि हालसम्म महरा बाबु–छोरामाथि अनुसन्धान भएको छैन । 

    महरा बाबु–छोराले भने आफूहरूको यो प्रकरणमा कुनै संलग्नता नरहेको दाबी गरिरहेका छन् । कृष्णबहादुर महराले त चिनियाँ नागरिकलाई फलफूल व्यावारीका रुपमा मात्र चिनेको बताएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट