Sep 19 2024 | २०८१, असोज ३ गते

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा सुनिश्चित गरिनेछ : ऊर्जामन्त्री बस्नेत

    जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताए । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए । 

    images
    images

    मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए । उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए । 

    जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार