Sep 19 2024 | २०८१, असोज ३ गते

इच्छाकामना महोत्सव सुरु

इच्छाकामना महोत्सव सुरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • इच्छाकामना महोत्सव सुरु

    मुग्लिन । चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि  इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । 
     
    बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना  गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने  विश्वास व्यक्त गरे । इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उनको भनाइ छ ।  

    images
    images

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताए । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेका बेला यस्ता खालका महोत्सवले अभियानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    इच्छाकामना उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले आर्थिक मन्दीले कठिन अवस्था सिर्जना भएको इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको  बताए ।  उनले यहाँ भएका  धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्न पनि महोत्सव  आयोजना गरिएको  बताए ।

    यही असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । त्यसका लागि महोत्सवमा दुई सय कक्ष राखिएको छ । त्यसमध्ये स्थानीय उत्पादनका १५ कक्षलाई निःशुल्क व्यवस्था गरिएको छ । करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । 

    इच्छाकामना मन्दिर, बालगौरी पाथिभरा सिंहदेवी मन्दिर, मनकामना मन्दिर, जिल्लाकै सबैभन्दा अग्लो भूमि सिराइचुली, पुरानो सदरमुकाम उपर्दाङ्गढी, लामो झरनालगायतका गन्तव्य अवलोकन गर्न र त्रिशूली नदीमा ¥याफ्टिङ गर्न सकिने आयोजकले जनाएको छ । साथै महोत्सवको अवलोकन गर्नेका लागि मनकामना केबलकारको टिकटमा १५ प्रतिशत छुटकोसमेत व्यवस्था रहेको छ ।  

    इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मुग्लिनको आयोजना तथा सामुदायिक रेडियो, इच्छाकामना एफएम कुरिनटारको सहआयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको प्रवद्र्धक एंव संरक्षक उद्योग वाणिज्य सङ्घ चितवन र इच्छाकामना गाउँपालिका रहेको छ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार