Sep 19 2024 | २०८१, असोज ३ गते

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २८ २०८०
  • दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

    दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा ६–६  बालबालिकालाई सर्पले टोकेको थियो ।  

    images
    images

    सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ  भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार