images

Jul 27 2024 | २०८१, साउन १२ गते

डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा 

डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा 

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज ७ २०८०
  • डिशहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा 

    काठमाडाैँ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सकिनेछ ।

    images

    अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भईरहेको छ । 

    छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसेमेस पठाएर चलचित्र हेर्न सकिन्छ । 
    यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर

    च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिनेछ   ।

    डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं। मा एसएमएस मार्फत प्राप्त हुनेछ ।
    थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ । 

    डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार