Sep 17 2024 | २०८१, असोज १ गते

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज १० २०८०
  • विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

    काठमाडौँ । दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।  

    images
    images

    अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ्गलबार ओटावामा पार्टी नेतालाई भेटेर राजीनामा दिएका हुन् । सभामुख रोटाको अभिव्यक्तिलाई लिएर स्वदेश र विदेशमा उनको आलोचना भएको थियो । गत शुक्रबार भएको यो घटनाको विश्वव्यापी निन्दा भएको थियो ।

    यसअघि क्यानडाका नागरिक र राजनीतिक दलका नेताले सभामुख रोटाको राजीनामा मागेका थिए । उनले संसदमा सभामुख पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो अभिव्यक्तिप्रति गहिरो पश्चाताप भएको बताएका थिए । उनले आफूलाई हुन्काको नाजीसँगको सम्बन्धबारे जानकारी नभएको र कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरेर गल्ती गरेको बताए । 

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार नै सभामुखले हुन्कालाई सदनमा गरेको आमन्त्रण र अभिव्यक्ति दुवै लाजमर्दो भएको टिप्पणी गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार