Sep 20 2024 | २०८१, असोज ४ गते

एमाले कोशी अधिवेशन : मतदान सकियो,मतगणना आज हुने

एमाले कोशी अधिवेशन : मतदान सकियो,मतगणना आज हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • एमाले कोशी अधिवेशन : मतदान सकियो,मतगणना आज हुने

    काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि मतदान सकिएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

    images
    images

    निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि सुरु गरेकोमतदान आज बिहान साढे ५ बजे सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए । आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् । मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

    अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।

    प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट