Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

रेलको कथा सुन्ने होईन त? उहिले राजा महेन्द्र र चन्द्रशम्सेरकै पालामा पनि आएको थियो नि !

रेलको कथा सुन्ने होईन त? उहिले राजा महेन्द्र र चन्द्रशम्सेरकै पालामा पनि आएको थियो नि !

७ वर्षको अन्तरालमा अन्य देशले कतिधेरै काम गरे होलान्, हाम्रो गफै धेरे । अनि, रेल सबैले विर्सेको जस्तो छ । सरकारले आगामी बजेटमा जम्मा मुआब्जाको कुरा मात्रै गरेको छ । हिजो रेलका कुरा गर्नेहरु नै अहिले खै तेल ? किन महँगियो तेल ? भन्दै उफ्रिरहेका छन् । हिजो यतै रेल, उतै रेलः अहिले गाडीमा छैन तेल ! गाह्रो छैन, त नेपालीलाई ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असोज १९ २०८०
  • रेलको कथा सुन्ने होईन त? उहिले राजा महेन्द्र र चन्द्रशम्सेरकै पालामा पनि आएको थियो नि !

    काठमाडौँ । एकताका रेल आजै आइहाल्छ कि, भोलि विहानै चढ्न पाइहाल्छ कि भन्ने खालको उधुम थियो नेपालमा । तर, समय वित्दै गयो, रेलको चर्चा पनि हरायो । रेल भरे भोलि आइहाल्छ भनी औंला भाँचेरै बसेको झण्डै ७ वर्ष पुगेछ । झुण्डिएर सुलुलु चिप्लिने रेल, चुच्चे रेल, द्रुत गतिको रेल, मेट्रो रेल, मोनो रेल  यस्तै धेरथरी रेलका कुरा गरिएको थियो । तर, यि मध्ये कुनै पनि रेल आइपुग्दैन त अहिलेसम्म । हैट ! सब हावा कुरा ।

    images
    images
    images

    रेल चढ्ने कुरा त सपनै भयो नि ! चुनावी राजनीति कै लागि नेताले हरेक पटक रेल जस्तै ठूल–ठूला सपना देखाए । जनता मख्ख परे, भोट हाले । चुनाव जिताए । पद र पावरमा पुगेपछि रेल चढाउने ति नेताले सार्वजनिक यातायात समेत चढ्न नसक्ने अवस्थामा पुर्याइदिए । अहिले विपन्नले सार्वजनिक यातायात नै चढ्न नक्सने गरी महिनामै २/३ पटकसम्म इन्धनको मूल्य वृद्धि भएको छ भने त्यसको प्रभावले यातायात भाडा आकाशिएको छ । सात सात वर्षमा भलै चुच्चे रेल ल्याउन सकिएन होला त्यो जनकपुरे रेलले पनि राम्रो परफ़रमेन्स दिन सकेको छैन त बा । अनि यस्ता घोषणालाई हावा नभनेर के भन्ने ?

    रेलको सबैभन्दा बढी फुर्ती लगाउने नेता हुन्, केपी ओली । आश्विन २४, २०७२ मा संसद्‌बाट पहिलो चोटि प्रधानमन्त्री निर्वाचित भएर  २८७ दिन सिंहदरबार बस्दा होस् कि ३ फाल्गुन २०७४ मा दोस्रोपटक कार्यकारी भएका बेला होस यदि होसहवासमामै  भनेका हुन्, भन्ने बुझेका छन्, आम नागरिकले । तर, मुलुकको मूली शासक वा अभिभावकले समेत यस्तो विधि हावा बोल्छ भन्ने कुराको उदाहरण पनि उनै हुन् ।

    ओलीले सत्ताको लगाम समातेको एक महिनापछि कात्तिक २९ मा देशबासीका नाममा सम्बोधन गर्दै काठमाडौंमा चाँडै मेट्रो रेल सुलुसुलु कुद्ने भनेका थिए । त्यति मात्रै होइन, उनी रसुवा पुगेर चिनियाँ रेल उ त्यो डाँडो भएर आउने हो, उताबाट मालसामान भरिएर आउने रेलमा नेपालबाट चीन फर्कदा के सामान भरेर पठाउने तयारी पनि त गर्नु पर्यो एकोहोरो ढुवानीको लागत महँगो हुन्छ  भनेर औंला ताकेर देखाएको तस्वीर पनि भाइरल भएको थियो । रेलको सम्भाव्यता अध्ययन गर्न पनि लगाए ओलीले । लगानीको प्रतीक्षा गर्दागर्दै उनले आफ्नै खुट्टामा बञ्चरो हाने, जागिर चिप्लियो । र, मेट्रो रेल ल्याउने योजना पनि थन्कियो, दराजमा । 

    दशकअघि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो प्रत्यक्ष शासनकालमा  मेची–महाकाली विद्युतीय रेलको सपना बाँडेका थिए । उनको नियति पनि त्यही भयो । हल्ला गर्दागर्दै  शाहीशासन नै चिप्लियो । महेन्द्रीय शैली टिपेर ओलीले रेलका रेल अलापे । जे होस्, भाषण नै सही, रेलको छाप बसाउनेमा ठूलो योगदान ओली कै ठहरिनेछ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पाला (विक्रम संवत १९८४)मा रक्सौलबाट अमलेखगन्जसम्म रेल आएको थियो । यस्तै गरि भारतको ब्रिटिश सरकारको पालामा जोगबनी-धरान जसलाई अहिलेसम्म पनि ५ नम्बर पुल, रेलवेलाइन धरानमा अहिले पनि छ, रेलका अवसेस सुनसरीको चक्रघट्टीमा अहिले पनि देख्न सकिन्छ ।

    स्वार्थनै सहि काठ ढुंगामुडा के लैजान रेल ल्य्याए कुन्नि ब्रिटिशले छोटो दुरीमा भए पनि नेपालमा रेल कुदेको इतिहास छ । तर, त्यै रेलको पनि उत्तानो खुट्टा लागेको अवस्था छ । रेल छ, चढ्न मिलेको छैन । जनकपुर आइपुगेको रेल त्रिपालले छोपेर २/३ बर्षको घामपानी खुवाई सकेपछि बल्लतल्ल गुड्यो र पनि संचालन व्ययभार थेगिनसक्नु भएको छ ।

    उसो त राजनितक दलका हनुमान र भ्रस्ट प्रशासकको कुरा सुन्ने हो भने रेल नआउदा, आएर थन्किदा र गुड्दा केहि गर्दा पनि जनताको गुनासो सदैव यस्तै हो । खालि बिरोधनै गरिरहने ? कम्ति कथा र  व्यथा जोडिएको छ रेलको ? कुरा गरेर साध्य भए पो ? । रेल ल्याएर के गर्नु, रेल कुदाउने मान्छे नै नेपालमा रहेनछन । भारतबाट ल्याउनु पर्छ, रेल कुदाउने मान्छे । अनि प्राबिधिक र व्यवस्थापन पनि यताको चुस्त छैन । अनि गर्ने के ओठे जवाफ फर्काउनेलाइ त सजिलो छ तर बिश्वको हाइ स्पीड रेलको अवस्था देख्दा उही नेताकै उखान याद आउने बयलगाडा चढेर कहा पो पुगिन्छ भन्थे नि हो त्यस्तै क्या ? 

    जनकपुरे रेल आउँदा उत्तरी छिमेकी चीनले पनि रेलमा चासो दिएको थियो । रेलमार्गको अध्ययनसम्म गरेर चिनियाँहरु पनि उतै हराए । सिगात्सेसम्म रेल विस्तार गरेको छिमेकी चीन के कति कारणले हच्कियो कुन्नी, कहिले  बिआर आइ, कहिले ऋण, कहिले अनुदान, कहिले शर्तनै शर्त सुन्दा पनि कुरा बुझे मार्दिनु भने जस्तो ? भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल को चीन भ्रमणले पनि त्यो संसारकै अग्ला पहाड छिचोल्दै काठमाडौं आइपुग्ने रेलको मोडालिटी स्पष्ट हुन सकेको छैन उता विश्वका दात्ताले झ्याली पिटीसके भने एमसीसी परियोजनानै छायामा पर्ने हो कि भन्ने डरले एमसीसी परियोजनाको सीइयोले भर्खरै हाम्रा अर्थमन्त्री महतलाई भेटेकी छन् ।

    सरकारले अहिलेसम्म जनतालाई थाहा दिएको छैन। केरुङसम्म चीनले नै रेल ल्याइदिन्छसम्मका हल्ला चलेका थिए । केरुङ पुग्नासाथ काठमाडौं आइपुग्न त बेरै लाग्दैन भनेका थिए, तत्कालीन प्रधानमन्त्री ओलीले । अनि काठमाडौं हुँदैैं पोखरा, पोखरा हुँदै लुम्बिनी, जताततै रेलै रेल भनेका थिए । तर, हात लाग्यो शून्य । चिनियाँ राष्ट्रपति सिजिनपिङले नेपाल भ्रमणपछि त चिनियाँ रेलको कुरै हरायो ।  कुन्नि कसलाई बन्दुक पड्काएको भने जस्तो ? 

    २०७५ सालमा चीनबाट नेपाल भ्रमणका लागि आएको एक टोलीले केरुङ–काठमाडौं ७५ किमिको पूर्व सभ्वाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान समेत सुझायो ।

    गाँठी कुरा बजेट नै हो । ओली प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा माओवादी अध्यक्ष प्रचण्डले संसदमा चीनसँगको रेल कनेक्टिभिटीका लागि आर्थिक स्रोत कसरी जुटाउनु हुन्छ, भनी घुमाउरो भाषामा सोधेका थिए । आज उनकै सरकार छ, चीनको औपचारिक भ्रमण पनि सकियो अव जवाफ दिने ठाउमा उनी छन् आँखिरमा प्रचण्डले सोधेको प्रश्नको जवाफ अहिलेसम्म आएन । अहिले प्रचण्डकै पार्टीले काँध हालेर बनेको गठबन्धन सरकार छ । उसले त झनु रेलको कुरै गर्दैन । गरे पनि भारतीय रेलको बिषयमा कहिलेकाहिँ थोरै मात्र बोलेको सुनिन्छ ।

    तराईमा रेल कुदाउने हो भने, सबै संरचना निर्माणका लागि प्रतिकिलोमिटर ५० देखि ७५ करोड खर्च लाग्ने अनुमान छ । पहाडी क्षेत्रमा त्यो बजेट कैयौं गुणाले बढ्न जान्छ । भारतीय कम्पनी राइट्सले गरेको अध्ययनमा पूर्व–पश्चिम र काठमाडौं–पोखरासहित १३१३ किलोमिटर रेलमार्ग निर्माणको अनुमानित कुल लागत ६ खर्ब ५० करोड (४३ प्रतिशत), काठमाडौं–पोखराको १८७ किमिमै लाग्ने अनुमान गरिएको छ ।

    निर्माणमा ठूलो लगानी लाग्ने भएकाले विदेशी दाताले खासै चासो देखाएका छैनन् । यसबाट प्रस्ट बुझन सकिन्छ नेपालमा तत्काल रेल आउने सम्भावना टर्दै गएको छ । अझ, चिनियाँ रेलको कुरा त झण्डै २५ वर्षलाई क्लोज भएको छ । अचम्म के भने, नेपालमा रेल चल्दैन । रेल विभाग छ । विक्रम संवत  २०६८ असार १ गते स्थापना भएको रेल विभागले काम गर्न थालेको ७ वर्ष भइसक्यो । ७ वर्षको अन्तरालमा अन्य देशले कतिधेरै काम गरे होलान्, हाम्रो गफै धेरे । अनि, रेल सबैले विर्सेको जस्तो छ । सरकारले आगामी बजेटमा जम्मा मुआब्जाको कुरा मात्रै गरेको छ । हिजो रेलका कुरा गर्नेहरु नै अहिले खै तेल ? किन महँगियो तेल ? भन्दै उफ्रिरहेका छन् । हिजो यतै रेल, उतै रेलः अहिले गाडीमा छैन तेल ! गाह्रो छैन, त नेपालीलाई ?

    अलि अलि चर्चा इभि को छ तर यो पनि आमजनताको पहुच भन्दा धेरै माथी छ । अझै भन्नु पर्दा इभिको रिसेल, हरेक बर्षको डीप्रिसेसन, हरेक बर्षको बिमा मुल्यांकन, ब्याट्री पार्ट्सपुर्जाको उपलबद्धता, तथा यसको मूल्य र ब्याट्रीको कार्वन बिसर्जन अर्को चुनौती हुनेछ  ।

    भिडियो पनि:

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार