Sep 17 2024 | २०८१, असोज १ गते

सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने नेकपा एसको निर्णय

सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने नेकपा एसको निर्णय

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • सचिवालय सदस्यहरुले मृत्युपछि अंगदान गर्ने नेकपा एसको निर्णय

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मरणोपरान्त अंगदान गर्ने भएका छन् । हिजो बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

    images
    images

    नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अंगदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिए ।

    ‘सचिवालय सदस्यको हकमा सबैले प्रतिवद्धता जनाएका छौं । यसैगरी, अन्य नेता कार्यकर्तालाई पनि आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने ।

    नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अंग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अंगदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरुको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अंगदानसम्बन्धी प्रतिवद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए । अध्यक्ष माधव नेपाल पनि सकारात्मक भएपछि औपचारिक निर्णय लिइएको हो ।

    ‘अहिले किड्नी मुटु, कलेजोजस्ता धेरै संवेदनशील अंगहरु प्रत्यारोपण गर्न सकिने सुविधाहरु आएका छन् । मृत्युपर्यन्त अंगदानले धेरैको जीवन बाँच्न सक्छ । त्यसैले हाम्रो निर्णयले जनमानसमा पनि सकारात्मक सन्देश दिने आशा गरेका छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार