Sep 17 2024 | २०८१, असोज १ गते

संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १७ २०८०
  • संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गरेका हुन् । 

    images
    images

    “लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन”, नेता कोइरालाले  भने । पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उनले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताए ।  

    फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताए । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने उनको भनाइ थियो । उनले भने “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।” 

    सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाको भनाइ थियो । “समुदायमा कांग्रेस कार्यक्रम पनि यही अनुसार भइरहेको छ”, उनले भने । विसं २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार