Sep 17 2024 | २०८१, असोज १ गते

रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
  • रास्वपाको संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । 

    images
    images

    रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ । 

    उनले भने, “आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ-आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ । यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ ।” 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार