Sep 17 2024 | २०८१, असोज १ गते

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १९ २०८०
  • प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

    काठमाडौँ । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
     
    सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शीर्ष तहमा भेटघाट भएको हो । सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

    images
    images

    ओलीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउनेबारे कुराकानी भएको छ । सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि !’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार