Sep 17 2024 | २०८१, असोज १ गते

एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २१ २०८०
  • एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

    काठमाडौँ। नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ। प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् जनाएका छन्।

    images
    images

    शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुंगेलले बताएका हुन्।

    कुटाकुट हुँदा सन्तोष खनालको हात भाँचिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र सुरू हुनुपूर्व विवाद र कुटाकुट भएको थियो ।  

    प्रतिनिधि चयनको विषयमा यसअघिदेखि नै विवाद रहेकोमा आज भने त्यो बढ्दै गएर कुटाकुटको स्थिति बनेको हो । कुटाकुटपछि अधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार