Sep 17 2024 | २०८१, असोज १ गते

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
  • सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

    काठमाडौँँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो ।

    images
    images

    अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । यो विधेयक आजै संसदमा पेस हुँदैछ ।

    दिउँसो ४ बजे बस्ने आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पनि पेस गर्ने कार्यसूची छ ।

    हिउँदे अधिवेशनबाट ३० वटाभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य रहेको सरकारले जनाएको छ । सङ्घीय संसदमा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । यसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । यसपालिदेखि हिउँदे अधिवेशनमै ‘प्रि–बजेट’ सम्बन्धी छलफलसमेत हुने भएको छ ।

    बजेट अधिवेशनका बेलामा मात्रै छलफल गर्दा सांसदहरूको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै हिउँदे अधिवेशनमै संसदमा छलफल हुन लागेको हो ।  यस्तै, संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन हप्तामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका पनि तयार भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार