Sep 17 2024 | २०८१, असोज १ गते

संसद बैठक अघि रास्वपाले बोलायो संसदीय दलको बैठक 

संसद बैठक अघि रास्वपाले बोलायो संसदीय दलको बैठक 

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २२ २०८०
  • संसद बैठक अघि रास्वपाले बोलायो संसदीय दलको बैठक 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठक अघि दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ । सभापति रवि लामिछानेले संसद बैठकको पूर्वतयारीका लागि दलको बैठक बोलाइएको बताएका छन् ।

    images
    images

    रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदसँग छलफल गर्न लागेको सांसद शिशिर खनालले जानकारी दिए । रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ ।

    रास्वपाले संसद् र संसदीय समितिमा सांसदलाई अनिवार्य उपस्थितिका लागि यसअघि नै निर्देशन दिइ सकेको छ । रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने तयारी गरेको छ । आज बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने खनालले बताए । संसद बैठक दिउँसो ४ बजे बस्दै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार