Sep 17 2024 | २०८१, असोज १ गते

सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन संसदमा माग

सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन संसदमा माग

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
  • सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन संसदमा माग

    काठमाडौँ ।  माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । 

    images
    images

    प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौँ जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्न माग गरेका हुन् । 

    उनले भने, ‘देशैभरि लाखौँ जनताले खाइनखाई गरेर बचत गरेको पैसा दुरुपयोग भइरहेको छ । ती पैसा न जनताले फिर्ता पाएका छन्  न सम्बन्धित मानिसले कारबाही भोगेका छन् । म विशेष अनुरोध गर्न चाहन्छु । देशैभरको सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउनु पर्यो र त्यसमा रहेका कमीकमजोरी छानबिन गरी जनताको पैसा फिर्ता गर्नुपर्छ । यो जोडदार माग गर्न चाहन्छु ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार