Sep 17 2024 | २०८१, असोज १ गते

प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा

प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ २४ २०८०
  • प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा

    काठमाडौँ । सत्तारुढ प्रमुख घटक कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्त नगर्न सरकारलाई दबाब दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबन्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन् ।

    images
    images

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनै पनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरूको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए । उनले विद्यालयमा बालबालिकाहरुले सक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    'सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्वहरु भागबन्डा नगरिकन विश्वविद्यालयको नेतृत्वको नियुक्ति गर्दाखेरी नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा कुरा मात्रै हुन्छन्,' उनले भने ।

    महामन्त्री थापाले संघीयतासँग सम्बन्धित कानून निर्माणमा सरकारले संसदको चालु अधिवेशनमा विशेष ध्यान दिने विश्वास समेत व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार