Sep 17 2024 | २०८१, असोज १ गते

राष्ट्रियसभा अध्यक्षबारे बालुवाटारमा दलको छलफल

राष्ट्रियसभा अध्यक्षबारे बालुवाटारमा दलको छलफल

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ २५ २०८०
  • राष्ट्रियसभा अध्यक्षबारे बालुवाटारमा दलको छलफल

    काठमाडौँ । सत्ता साझेदार दलहरुबीच राष्ट्रिय सभा अध्यक्षबारे छलफल  भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका नेताहरूको बैठकमा राष्ट्रिय सभाको अबको अध्यक्षमा कसलाई लाने भन्ने बारे छलफल भएको हो ।  

    images
    images

    बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरू सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार