Sep 17 2024 | २०८१, असोज १ गते

विधान मस्यौदामाथि आएका सुझावमाथि छलफल गर्न माओवादी स्थायी समिति बस्दै

विधान मस्यौदामाथि आएका सुझावमाथि छलफल गर्न माओवादी स्थायी समिति बस्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ २६ २०८०
  • विधान मस्यौदामाथि आएका सुझावमाथि छलफल गर्न माओवादी स्थायी समिति बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ ।

    images
    images

    उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो । उक्त मस्यौदामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको तयारीका विषयमा बुधबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।

    स्थायी समितिले पारित गरेपछि सोही मस्यौदालाई विधान अधिवेशनमा पेस गरिने छ । माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुन १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार