Sep 17 2024 | २०८१, असोज १ गते

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन २ २०८०
  • विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे निष्कर्ष पेस गरिने

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । 

    images
    images

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

    मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ भने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार