Sep 17 2024 | २०८१, असोज १ गते

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , फागुन ३ २०८०
  • समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

    मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

    images
    images

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

    सभामुख मिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने समेत आवश्यकता औँल्याए । 

    उनले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गरे । “सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार