Sep 17 2024 | २०८१, असोज १ गते

कांग्रेसका युवा नेताहरूले भने- महासमिति बैठक कर्मकाण्डमा मात्र सीमित नहोस्

कांग्रेसका युवा नेताहरूले भने- महासमिति बैठक कर्मकाण्डमा मात्र सीमित नहोस्

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
  • कांग्रेसका युवा नेताहरूले भने- महासमिति बैठक कर्मकाण्डमा मात्र सीमित नहोस्

    काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठक कर्मकाण्डमा मात्र सीमित हुन नहुने बताएका छन्।

    images
    images

    बैठक औपचारिकतामा मात्र पूरा गर्ने र झारा टार्ने खालको हुन सक्ने भन्दै उनीहरूले पार्टीले लिने नीतिबारे बृहत छलफल गरिनुपर्ने बताएका छन्।

    पार्टी महासमिति बैठकमा उठान गरिनुपर्ने एजेन्डाका विषयमा बत्तिसपुतलीमा शुक्रबार छलफल गर्दै उनीहरूले पार्टीका आन्तरिक समस्या, देशका समस्या र जनजीवीकाका सवलामा गम्भीर रुपमा महासमितिमा मन्थन हुनुपर्ने निष्कर्ष निकालेका छन्।

    बैठकमा नेता भूपेन्द्रजङ्ग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए। ‘यो महासमिति बैठक परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ। अब पार्टीमा काखा पाखा हुनु भएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ,’ उनले भने, ‘निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित  अवसर, एउटा व्यक्ति मात्रै बाराम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ।’

    कार्यक्रममा देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला, नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर, प्रेमिका रानालगायतले धारणा राखेका थिए। यीमध्ये अधिकांशले विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन गरिनुपर्ने बताए। आमचुनाव हुनुभन्दा दुई वर्षअघि नै महाधिवेशन भई नेतृत्व चयन हुनुपर्ने उनीहरूको भनाइ छ।

    महासमितिले पार्टी महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उनीहरूले बताएका छन्। महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदनमा महाधिवेशन कार्यतालिका ल्याएका छन् जसअनुसार २०८२ को मंसिरभित्रै १५ औं महाधिवेशन गर्ने उल्लेख छ। साथै केन्द्रीय पदाधिकारी तथा सदस्य पनि वडा तहबाटै चुनिएर आउने व्यवस्था गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

    पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउनुपर्नेमा पनि उनीहरूले पार्टीको ध्यानाकर्षण गराएका छन्। बेरोजगारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने गरी महासमितिले नीति लिनुपर्ने उनीहरूले बताएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार