Sep 17 2024 | २०८१, असोज १ गते

महाधिवेशनलगायत प्रतिनिधिलाई चार जिम्मेवारी दिन महामन्त्री थापाको प्रस्ताव

महाधिवेशनलगायत प्रतिनिधिलाई चार जिम्मेवारी दिन महामन्त्री थापाको प्रस्ताव

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन ४ २०८०
  • महाधिवेशनलगायत प्रतिनिधिलाई चार जिम्मेवारी दिन महामन्त्री थापाको प्रस्ताव

    काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न काम तोकेर जिम्मेवारी दिन प्रस्ताव भएको छ। फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेश गरिने सांगठनिक प्रस्तावमा महामन्त्री थापाले महाधिवेशन प्रतिनिधि लगायतलाई जिम्मेवारी दिने प्रस्ताव गरेका हुन्।

    images
    images

    कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधिको कामको व्यवस्था गरिए पनि प्रष्ट छैन। २०७८ मा भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए।

    ‘कार्यकारी पदीय जिम्मेवारीमा नरहेका क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा केन्द्रदेखि वडासम्म संगठन संरचनाभन्दा बाहिर रहेका ऊर्जावान साथीलाई नियमित गतिविधिबाहेक विशेष जिम्मेवारी दिई कार्यविवरणसहित पार्टी संगठनको गतिविधिमा क्रियाशील बनाइनेछ,’ थापाले केन्द्रीय समितिमा पेश गरेको सांगठनिक प्रस्तावमा उल्लेख छ।

    महाधिवेशलगायत प्रतिनिधिलाई प्रचारक, अनुगमक, विस्तारक र संगठकको जिम्मेवारी दिन महामन्त्री थापाले प्रस्ताव गरेका हुन्।

    ‘पार्टीको माथिल्लो तहले मातहतको तह र सदस्यको मूल्याङ्कन गर्दा विधान बमोजिम प्राप्त जिम्मेवारी पूरा गरे नगरेको हेर्ने र कामको आधारमा मूल्याङ्कन र कार्यक्षमताको आधारमा जिम्मेवारी भन्ने मान्यताका साथ थप जिम्मेवारी पद्धतीको विकास गर्ने’ पनि प्रस्तावमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार