Sep 17 2024 | २०८१, असोज १ गते

गगनको प्रतिवेदनमा जुटेन सहमति, उद्घाटनपछि पुन: बैठक बस्ने

गगनको प्रतिवेदनमा जुटेन सहमति, उद्घाटनपछि पुन: बैठक बस्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • गगनको प्रतिवेदनमा जुटेन सहमति, उद्घाटनपछि पुन: बैठक बस्ने

    काठमाडौँ । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

    images
    images

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो ।

    ‘मुख्य कुरा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न सकेन,’ कांग्रेसका एक नेताले भने, ‘दुवै पक्ष लचक नभएपछि उद्घाटनपछि फेरि बैठक बस्ने कुरा भएको छ ।’ संस्थापन पक्षले ‘प्रि-इलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।

    भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्प गर्ने उल्लेख छ । चार वर्ष पछिको निर्वाचनका लागि अहिले नै किन निर्णय लिनु भन्ने संस्थापन पक्षको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार