Sep 17 2024 | २०८१, असोज १ गते

नारायणगढ-मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

नारायणगढ-मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन ७ २०८०
  • नारायणगढ-मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा

    चितवन । चितवनको नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ ।

    images
    images

    नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि अप्रोच बनाउन पहाड काट्ने काम भई रहेको छ । उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटर मध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए ।

    उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाकी रहेको उनले बताए ।

    उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्ष सम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार