Sep 17 2024 | २०८१, असोज १ गते

राप्रपालाई सापकोटाको प्रश्न - अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?

राप्रपालाई सापकोटाको प्रश्न - अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन १३ २०८०
  • राप्रपालाई सापकोटाको प्रश्न - अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?

    काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र राज्यव्यवस्थाको विकल्प राजा र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संकेत गर्दै उनले ‘अवसर पाए लुट्ने अनि संविधानको विरोध गर्ने नैतिकता कहाँबाट आयो ?’ भन्दै प्रश्न गरे । 

    “यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ?,” उनले भने, “यो संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।”

    संघीय संसद्‌मा उपस्थित भएर व्यवस्थाबारेमा चाहिनेभन्दा बढी ‘अनर्गल’ प्रचारबाजी गरिएको भन्दै उनले आपत्ति जनाए । उनले वर्तमान संविधान र व्यवस्थाको बहस गर्ने भए यसलाई कसरी उन्नत बनाउने भन्ने पक्षबाट गरिनुपर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार