Sep 17 2024 | २०८१, असोज १ गते

माओवादीले राष्ट्रियसभा अध्यक्षको अडान नछाड्ने

माओवादीले राष्ट्रियसभा अध्यक्षको अडान नछाड्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन १६ २०८०
  • माओवादीले राष्ट्रियसभा अध्यक्षको अडान नछाड्ने

    काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्ष नछोड्ने स्पष्ट संकेत गरेको छ ।  फागुन २९ गते हुने राष्ट्रिय सभाध्यक्षको निर्वाचनमा आफ्नो दाबी नछोड्ने अडानमा रहेको माओवादीले यसबारे स्थायी कमिटी बैठकबाट आज निर्णय गर्दै छ ।

    images
    images

    माओवादी स्थायी कमिटी बैठक अहिले जारी रहेको छ । बैठकबाट राष्ट्रिय सभाध्यक्षमा दाबी गर्नेबारे निर्णय हुने माओवादीका एक नेताले जानकारी दिए । ​मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने मत राखेका थिए ।  

    कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले जित्ने तर ,राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीले अध्यक्ष आफैंसँग राख्ने तयारी गरेको छ । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएकोले पनि अध्यक्ष कांग्रेसलाई दिन नहुने मत माओवादीभित्र छ ।  

    कांग्रेसले पनि नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने बताउँदै आएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि कांग्रेसको महासमितिमा गठबन्धन विरोधी मत प्रकट भएपछि स्थायी समितिमा राष्ट्रिय सभा अध्यक्ष आफैंसँग राख्नुपर्ने मत बलियो भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार