Sep 17 2024 | २०८१, असोज १ गते

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”
     
    तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।

    images
    images

    कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार