Sep 17 2024 | २०८१, असोज १ गते

एमाले सचिवालय बैठक : गठबन्धन टुटे नयाँ ढङ्गले अगाडि बढ्न तयार

एमाले सचिवालय बैठक : गठबन्धन टुटे नयाँ ढङ्गले अगाडि बढ्न तयार

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • एमाले सचिवालय बैठक : गठबन्धन टुटे नयाँ ढङ्गले अगाडि बढ्न तयार

    भक्तपुर । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज  आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।  
     
    बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए।
     
    उनले भने, “सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।”
     
    प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए । यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ । अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार