Sep 17 2024 | २०८१, असोज १ गते

बालुवाटारमा नयाँ गठबन्धन, आजै मन्त्रिपरिषद् गठन हुने

बालुवाटारमा नयाँ गठबन्धन, आजै मन्त्रिपरिषद् गठन हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • बालुवाटारमा नयाँ गठबन्धन, आजै मन्त्रिपरिषद् गठन हुने

    काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।

    images
    images

    पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।

    एमालेको तर्फबाट महासचिव शंकर पोखरेल, अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन्। माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन्। रास्वपाबाट सभापति रवि लामिछाने बैठकमा सहभागी छन्। 

    एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ। अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन्। यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार