Sep 17 2024 | २०८१, असोज १ गते

तीन मन्त्रीले शपथ लिँदै, दुई बजे फेरि गठबन्धनको बैठक बस्ने

तीन मन्त्रीले शपथ लिँदै, दुई बजे फेरि गठबन्धनको बैठक बस्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • तीन मन्त्रीले शपथ लिँदै, दुई बजे फेरि गठबन्धनको बैठक बस्ने

    काठमाडौँ । नयाँ बनेको सत्ता समीकरणमा तीनवटा पार्टीबाट १/१ जना मन्त्री बन्ने भएका छन् ।  पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डुका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    images
    images

    ‘प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको छ । आज एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले मन्त्रीले शपथ लिनुहुन्छ’, आचार्यले भने, ‘उहाँहरूको मन्त्रालय तोकिएको छैन । नेताहरूले टुंग्याउँदै हुनुहुन्छ ।’  कुन दलबाट कुन मन्त्रालय लिने भन्ने टुंगो एमालेका विष्णु पौडेल, माओवादीका वर्षमान पुन र रास्वपाका रवि लामिछानेसहित नेताले टुंग्याउने उनले जानकारी दिए । आचार्यका अनुसार गठबन्धनका नयाँ दलको आन्तरिक छलफलपछि मन्त्रीहरूको थप टुंगो लाग्ने छ ।

    यसको लागि आजै साढे दुई बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकले लिखित समझदारी गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार