Sep 17 2024 | २०८१, असोज १ गते

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, फागुन २१ २०८०
  • नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।

    images
    images

    सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए । ‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’

    कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार