Sep 17 2024 | २०८१, असोज १ गते

गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु नै भएको छैन : शंकर पोखरेल

गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु नै भएको छैन : शंकर पोखरेल

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु नै भएको छैन : शंकर पोखरेल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् ।  एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित चार दलको नयाँ गठबन्धनमार्फत मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य भइरहेका बेला गृह मन्त्रालय कसले लिने भन्ने चासो बढिरहेको छ ।

    images
    images

    कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेबिच गृहमा विवाद भएको भनेर अड्कलबाजी गरिरहेका बेला महासचिव पोखरेलले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश नै नभएको दाबी गरेका हुन् । पोखरेलले भने,‘फलानाले गृह माग्यो, तिलानाले यो माग्यो भनेर बाहिर आएका प्रचार र दाबी दुवै झुटा हुन् ।’ महासचिव पोखरेलले शक्ति बाँडफाँड अघि कुन कुन पार्टी सरकारमा सामेल गर्ने भनेर नेताहरूबिच आन्तरिक छलफल भइरहेको छ । सरकारमा सहभागी दलको टुङ्गो लागेपछि बल्ल मन्त्रालय बाँडफाँडको विषय प्रवेश गर्छ । शक्ति बाँडफाँडका लागि चार दलमा बनेको कार्यदलका सदस्य समेत रहेका नेता पोखरेलले अहिलेसम्म चार दलबाहेक सरकारमा सहभागी हुन चाहने दलहरूको मनस्थिति बुझ्ने काम मात्र भएको बताए ।  ‘सरकारमा सहभागी हुने दलको यकिन भएपछि मात्र कुन मन्त्रालय क–कसले पाउने भन्ने छलफलको विषय बन्छ’, उनले भने, ‘कसैले मनको कुरा मिडियामा सार्वजनिक गरेका हुन सक्छन् त्यो बेग्लै पाटो हो, त्यसले सत्य र तथ्य बोल्दैन ।’

    नेता पोखरेलका अनुसार सोमबार ८ बुँदे सहमति गरेका बाहेक नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । ‘एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । उसले छलफल गरेर निर्णय दिने भनेकाले सम्भावना छ’, पोखरेलले भने, ‘त्यो बाहेकका अरू दलहरूसँग खासै छलफलका लागि चासो समेत राखिएको अवस्था होइन ।’

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार