Sep 17 2024 | २०८१, असोज १ गते

प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा सहभागी हुन प्रचण्डको प्रस्ताव

प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा सहभागी हुन प्रचण्डको प्रस्ताव

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा सहभागी हुन प्रचण्डको प्रस्ताव

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्रीले सरकारमा आएर सहयोग गर्नको लागि आग्रह गरेका छन्।

    images
    images

    प्रधानमन्त्रीको प्रस्तावमा ठाकुर सकारात्मक रहेको बताउँदै पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको बताएर फर्किएको उनी निकट एक नेताले बताए।

    लोसपा सुरुदेखि नै सत्ता गठबन्धनमा छ। तर, प्रधानमन्त्रीले गठबन्धन फेरेपछि एमाले, रास्वपा, जसपासहिको नयाँ समीकरण बनाएका छन्। प्रधानमन्त्रीले अब नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि गठबन्धनमा भित्र्याउने प्रयास गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार