Dec 04 2024 | २०८१, मंसिर १९ गते

images

सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् ।

    images
    images
    images

    सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा प्रदेश सरकार छ । यसअघि माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको सरकार थियो ।

    केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन् । नागरिक उन्मुक्ति र समाजवादीका मन्त्रीलाई भने यथावत राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार