Sep 17 2024 | २०८१, असोज १ गते

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताबारे बुधबार निर्णय लिने

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताबारे बुधबार निर्णय लिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २२ २०८०
  • नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताबारे बुधबार निर्णय लिने

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ ।

    images
    images

    नयाँ सत्ता समीकरणको सहभागी हुन प्रस्ताव आएपछि समाजवादीले बैठक बोलाएको हो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अहिले पार्टी सरकारमा जाने या नजाने प्रमुख विषय नभएको बताउँछन् । उनले पार्टी बैठक बसेर औपचारिक प्रस्ताव भएको रहेछ भने सोच्ने कुरा भएको बताए। एजेन्डा मिलेन भने यत्तिकै सरकारमा नजाने उनको भनाइ छ ।

    बुधबार बस्ने बैठकले निर्णय गरेपश्चात् सरकारमा जाने नजाने टुङ्गो लाग्ने नेताहरूको भनाइ छ । बिहान एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई फोन गरेर गठबन्धनमा सामेल हुन भनेको बुझिएको छ । माओवादीले त सरकारमा लाने निर्णय नै गरेको छ । पछिल्लो समय एकीकृत समाजवादी र प्रधानमन्त्री प्रचण्डको छलफल भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार