माओवादीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो
माओवादीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सरकारलाई समर्थन गरेर गत जेठ ६ गते माओवादी सरकारमा सामेल भएको थियो।
सरकारले सुशासन, विकास र जनतामा आशा सिर्जना गर्न नसकेको आरोप माओवादीको छ।