Sep 17 2024 | २०८१, असोज १ गते

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले गठबन्धनमा आबद्ध नहुने स्पष्ट पारेको छ । उक्त पार्टीको हालै बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)सहितका दलहरु आवद्ध गठबन्धनमा सहभागी नहुने निर्णय लिएको हो ।

    images
    images

    उक्त पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर बनाएको नयाँ गठबन्धनको औचित्य प्रधानमन्त्री पुष्पकमल दाहालले पुष्टि गर्न नसकेको बताए । मात्र भागबण्डा र सत्ताप्राप्तिका लागिमात्र बनाइएको गठबन्धनमा सहभागी नहुने उनको प्रष्टिकरण छ ।

    कांग्रेस नेतृत्वको गठबन्धनमा भने जनमत सहभागी थियो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.शरदसिंह यादवले तत्काल सरकारलाई समर्थन पनि नदिने निर्णय भएको बताए ।

    यस्तै बैठकले आगामी बैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभा निर्वाचनमा सहभागी हृुने निर्णय गरेको छ । यसका लागि आफ्नै उम्मेदवार उठाउने निर्णय भएको प्रवक्ता यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार