Sep 17 2024 | २०८१, असोज १ गते

गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस् : केपी ओली

गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस् : केपी ओली

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • गठबन्धन हामीले फुटाएको हो, चीनलाई जस नदिनुस् : केपी ओली

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन आफूले फुटाएको बताएका छन्। तर, त्यसको जस चीन दिइएको भन्दै उनले आपत्ति जनाए। 'गठबन्धन हामीले फुटाएको हो। परिवर्तन हामीले गराएका हो। कम्तिमा यो जस त हामीलाई दिनुस्। कहाँ चीनलाई दिएको ? चीनले यसो गरेको, उसो गरेको कुरा हावा हो। यतिको जस हामीलाई दिँदा हुन्छ,' एमाले संसदीय दलको बैठकमा उनले भने।

    images
    images

    उनले 'अनब्रेकेबल' भनिएको गठबन्धन फुटाएर जनतामा आशावादी पलाएको बताए। 'गठबन्धनमा हुनेहरूको एक खालको उन्माद थियो। उनीहरूले खरानीको डल्लोजस्तो गठबन्धनलाई अमर छ भन्थे। अनब्रेकेबल छ भन्थे। तोड्नै नसक्ने दाबी गर्थे। तर देशका लागि खरानीको डल्लो फुट्नुपर्थ्यो र फुट्यो पनि,' उनले भने। उनले  भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश बनाउने उद्देश्यका साथ सरकारमा आएको बताए। त्यसैले जनताले देख्ने र अनुभव गर्नेगरी काम गर्न ओलीले आफ्ना मन्त्रीहरूलाई निर्देशन दिए। 'हामी गैरकानुनी क्रियाकलाप गर्दैनौं। हाम्रा मन्त्रीहरू पनि भ्रष्ट क्रियाकलाप गर्न हुँदैन। अरुले गर्छ भने हामी सहँदैनौं। अहिलेको चुनौतीको सामना गर्ने र जनतालाई प्रत्यक्ष प्रभाव पार्नेगरी काम गर्न अनुरोध गर्छु,' उनले भेन।

    उनले प्रतिपक्षी दल हुँदा कांग्रेसका सांसदहरूले अनेकन गाली गरेको भन्दै रोष प्रकट गरे। 'विरोध गर्नेहरू विपक्षी बेन्चमा बस्न लायककै छन्। आफू सत्ता बसेर हामी प्रतिपक्षलाई समेत अनेकन गाली गरे। तर हामी त्यस प्रकारका गाली गर्दैनौं,' उनले भने, 'हामी फिल्म बनाउँदैछैनौं। जहाँ छिन छिनमा चमत्कार हुन्छ। हामीले समाज परिवर्तन गर्नु छ। त्यसैले फिल्मका पात्र यहाँ काम लाग्दैन।' 

    अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशनसमेत दिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार