Sep 17 2024 | २०८१, असोज १ गते

कांग्रेसले वाग्मतीमा सरकार बनाउन पहल नगर्ने

कांग्रेसले वाग्मतीमा सरकार बनाउन पहल नगर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन २९ २०८०
  • कांग्रेसले वाग्मतीमा सरकार बनाउन पहल नगर्ने

    मकवानपुर । वाग्मती प्रदेशको ठूलो दल नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल नगर्ने भएको छ । मंगलबार हेटौंडा १० स्थित प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकले विभिन्न निर्णय गरे पनि सरकार गठनको विषयमा ‘पर्ख र हेर’को नीति अवलम्बन गर्ने भएको हो ।

    images
    images

    ‘हामी तत्काल सरकार गठनको नेतृत्व लिँदैनौं । केही समय प्रतीक्षा गर्छौं’, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने । उनले अहिले सरकारको कोर्टमा बल रहेको कारण आफूहरु केही समय प्रतीक्षा गर्ने बताए । उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले राजीनामा नदिएको र विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा कांग्रेसले सरकार बनाउने तयारी गर्दा हतारो हुने दाबी गरे ।

    वाग्मतीमा संघीय गठबन्धनअनुसार प्रदेशमा हाल माओवादी केन्द्रका नेता जम्कट्टेल नेतृत्वको सरकार रहेको छ । केन्द्रीय गठबन्धनअनुसार माओवादी, एमाले र नेकपा एस मिल्दासमेत प्रदेश सरकार गठन हुने अवस्था छैन । सदनमा २ मत रहेको हाम्रो नेपाली पार्टी अहिले निर्णायक देखिएको छ ।

    ११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसको ७ गरी कुल ५५ मत रहेको छ ।

    अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपाली पार्टीको समर्थन सरकारले जोगाइ राख्न माओवादीले कसरत गरिरहेको छ । प्रदेशसमा कांग्रेसको ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । कांग्रेस संसदीय दलको वैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा योजना व्यवस्थापन गर्न वाग्मती प्रदेशसभाबाट गठन गरिएको विशेष समितिले मंगलबार सभामुख भुवन पाठकलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

    बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न र संवैधानिक निकायमा नियुक्त नगर्न समेत आग्रह गरेको उपनेता चित्रकारले जानकारी दिए ।

    बैठकले कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रभावकारीरुपमा प्रस्तुत हुने र कांग्रेसका मन्त्रीहरुले सरकारबाट दिएको राजीनमा अनुमोदन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार