Sep 17 2024 | २०८१, असोज १ गते

प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरूले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छः ओली

प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरूले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छः ओली

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरूले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छः ओली

    काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताएका छन्।  बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरूले मिलेर पारित गर्नु उपयुक्त हुने उनले जिकिर गरे।

    images
    images

    अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रस्ताव राख्ने क्रममा गरेको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताए।

    ओलीले भने,  ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ। उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्‍यो भन्ने कारण। र अब उहाँ के चाहनुहुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा। सबै कुराहरू सविस्तार बताउनु भयो। र कारणहरू चित्तबुझ्दो छ। म समर्थनबाटै सुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’

    उनले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार