Sep 17 2024 | २०८१, असोज १ गते

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छुः प्रधानमन्त्री

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छुः प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • संविधानको रक्षाका लागि जे गर्न पनि तयार छुः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् ।

    images
    images

    प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे ।

    संसदमा विश्वासको मतमाथि पक्ष–विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पु-याउने धारणा व्यक्त गरे ।

    “विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,” प्रधानमन्त्री दाहालले भने, “संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।”

    पक्ष र विपक्षका बहस सदनको सम्पत्ति

    प्रधानमन्त्री दाहालले विश्वासको मतमाथिको प्रस्तावका पक्ष र विपक्षमा भएका बहस सदनको सम्पत्ति भएको बताएका छन् । प्रधानमन्त्रीले सदनमा भएको यस बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गरे । 

    उनले भने, “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो । सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।” 

    राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै उनले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको पनि स्पष्ट गरे । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार