Sep 17 2024 | २०८१, असोज १ गते

उपनिर्वाचनका लागि २० दल भए दर्ता

उपनिर्वाचनका लागि २० दल भए दर्ता

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
  • उपनिर्वाचनका लागि २० दल भए दर्ता

    काठमाडौँ । आगामी वैशाख १५ हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् ।

    images
    images

    निर्वाचन आयोगले सार्वजनिक गरेको दल दर्ता किताब अनुसार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् भने प्रदेश सभा उपनिर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्रै उम्मेदवारी दिने भएको हो ।

    आयोगका अनुसार मंगोल नेसनल अर्गनाइजेसन, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, जनता समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले दल दर्ता गरेका छन् ।

    यसैगरी रास्वपा, नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले पनि उपनिर्वाचनमा सहभागी हुन दल दर्ता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार