Sep 17 2024 | २०८१, असोज १ गते

कलङ्की–बसुन्धरा सडक 'साइट क्लियर' भइसके पनि चिनियाँ पक्षले काम शुरु गरेन

कलङ्की–बसुन्धरा सडक 'साइट क्लियर' भइसके पनि चिनियाँ पक्षले काम शुरु गरेन

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १ २०८०
  • कलङ्की–बसुन्धरा सडक 'साइट क्लियर' भइसके पनि चिनियाँ पक्षले काम शुरु गरेन

    काठमाडौँ । चक्रपथअन्तर्गत कलङ्की–बसुन्धरा सडक खण्ड धुलो र खाल्डाखुल्डीका कारण समस्यापूर्ण बनेको छ । सडक विस्तार तथा स्तरोन्नतिका लागि सडकको छेउछाउ भत्काइएका कारण लामो समयदेखि सडक अस्तव्यस्त बनेको हो ।

    images
    images

    'सर्भिस लेन' निर्माणका क्रममा सडकका दुवै खण्डमा थुपारिएको ढुङ्गा–माटोले ट्राफिक जाम बढेको छ । यो सडक हुँदै दैनिक यात्रा गर्ने यात्रु आजित छन् । सडक आसपास व्यापार व्यवसाय गर्नेहरू पनि हैरान भएको बताउँछन् । यो सडकका कारण सहरका अरू क्षेत्रमा पनि फोहोर बढेको छ ।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा लेख्दै चक्रपथबाट सहर प्रवेश गर्ने गाडीले चक्रपथको धुलो सहरका कुनाकुनासम्म पुर्‍याउने गरेका कारण नियमित प्रयास गरे पनि भित्री सहरको सडक अव्यवस्थित र फोहोर देखिने गरेको बताएका छन् । उनले सङ्घीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो हुँदा दुरदराजको विकास पद्धतिले कसरी फड्को मार्छ भन्ने प्रश्नसमेत गरेका छन् ।

    कलङ्की–बसुन्धरा सडक खण्ड पाँच वर्षदेखि अलपत्र छ । चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलङ्की विस्तार सकिएपछि २०७५ सालमै यो खण्डको डिजाइन र विस्तारका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो ।

    शुरुमा कोरोना महामारीका कारण देखाउँदै काम शुरु नगरेकोमा त्यसपछि साइट क्लियर हुनुपर्ने मुद्दा उठाएर काम शुरु गरेन । सामाखुसीमा रहेको शिवमन्दिर सार्ने काम भइरहेको र अरू 'साइट क्लियर' भइसकेको सडक विभागले जनाएको छ । तर पनि चिनियाँ पक्षले काम शुरु गरेको छैन । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार