images

Jul 27 2024 | २०८१, साउन १२ गते

खेलाडी सुब्बाको जीवनीमा बन्यो ‘अञ्जिला’

खेलाडी सुब्बाको जीवनीमा बन्यो ‘अञ्जिला’

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
  • खेलाडी सुब्बाको जीवनीमा बन्यो ‘अञ्जिला’

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ । 

    images

    ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छायाङ्कन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेकी छन् । दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए । 

    “प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ ।  एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ”, निर्देशक चाम्सले भने । उनले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङ लगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिए। 

    दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल भएकी सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले अञ्जिला तयार पारेका हुन् । उक्त चलचित्रमा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । सो चलचित्रमा यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायाङ्कन निर्देशन गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार