images

Jul 27 2024 | २०८१, साउन १२ गते

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

एभरेष्ट हेडलाइन्स
शनिबार, चैत १७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, चैत १७ २०८०
  • कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पारेका हुन्। 

    images

    नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राखे। 

    नेता डा कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिहरुको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने धारणा राखे । 

    कांग्रेस नेता अर्जुननरसिंह केसीले पछिल्लो समय देश चुनौतीको घडीमा अगाडि बढिरहेको बताए । उनले सहकारी र लघुवित्त रकम ठगी गर्नेलाई कारबाहीको माग गरे । नेता केसीले नागरिकमा रहेको निराशालाई चिर्नका लागि वर्तमान सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार