Aug 13 2026 | २०८३, साउन २८ गते

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

    काठमाडौँ  । संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन् । ‘इन्टरनेशनल सिङ्गर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम विसं २०८१ भदौ ८ गते हुनेछ । 

    images

    प्रतिष्पर्धामा रहेको विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त..’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। 

    “अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु । मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु”, गीतकार अधिकारीले भने, “एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु ।”

    गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन् । विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ । उक्त मतका आधारमा वैशाख २० गते उत्कृष्ट २० घोषणा गरिने छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट