Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

लुम्बिनीमा गठबन्धनबीच ५ बुँदे सहमति, महराको पक्षमा बहुमत

लुम्बिनीमा गठबन्धनबीच ५ बुँदे सहमति, महराको पक्षमा बहुमत

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • लुम्बिनीमा गठबन्धनबीच ५ बुँदे सहमति, महराको पक्षमा बहुमत

    लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यले पाँच बुँदे सहमति भएको छ । सहमतिपत्रमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने उल्लेख छ ।  

    images
    images
    images

    माओवादीका महरा, नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरी, जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी)की नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २ (१)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतको हस्ताक्षर छ ।

    यससँगै मुख्यमन्त्रीमा महराको पक्षमा बहुमत जुटेको छ । प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश गौरवका आयोजनाहरू, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण सरकार साझेदार दलहरूको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण गर्ने साझेदारी पत्रमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट